दफा १०
सञ्चालकको निमित्त अयोग्ता
: देहायको कुनै व्यक्ति सञ्चालक हुन वा कायम रहन सक्दैन ः–
(क) प्राधिकरणको कुनै वैतनिक पदाधिकारी,
तर नेपाल सरकारद्वारा नियुक्त कार्यकारी निर्देशकको सम्बन्धमा यो खण्ड लागू हुनेछैन ।
(ख) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको,
(ग) बहुलाएको वा मानसिक सन्तुलन नभएको,
(घ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित भएको,
(ङ) प्राधिकरणसंग भएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हिस्सेदार भएको ।